
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट युवा संगठनले कार्यालयमै पुगेर झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएकोलगायतका आरोपमा झामाथि कालोमोसो दलिएको संगठनले जनाएको छ ।
केही दिनअघि सोही संगठनले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि दुर्व्यवहार गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij