
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण चन्द्रागिरी हिल्स लिमिटेडले प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार पहिलो ६ महिनासम्ममा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिके तुलनामा २२.०७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल खर्च २६.४३ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४.८५ प्रतिशत घटेको छ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा बढेर ८ रुपैयाँ १९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij