
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । प्रहरीले सुनसरी इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
उनका अनुसार भारतीय स्करपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नोटहरू बरामद गरिएको हो । ट्राफिक प्रहरीले शंकास्पद अवस्थाको स्कारपियो गाडी रोकेर खानतलासी गर्दा पछाडि लुकाएर राखिएको नक्कली नोट बरामद भएको एसपी रेग्मीको भनाइ छ ।
नक्कली नोट बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा भेटिएको थियो । प्रहरीले स्कारपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने फरार छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij