Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

६१.४१ प्रतिशत घट्यो बुद्धभूमि हाइड्रोपावरको नाफा

६१.४१ प्रतिशत घट्यो बुद्धभूमि हाइड्रोपावरको नाफा

  • काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको जनाएको छ ।

    images
    images
    images

    कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च र वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो ।

    यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो ।

    प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ । 

    प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ छ । यसको सेयर पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij