
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहरा क्षेत्रको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ ।
केहिदिन अघि कामपाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमाथि पार्किङ गर्न निषेध गरेपछि त्यस क्षेत्रमा जाने हरुको सवारीसाधन धरहरा क्षेत्रमा निशुल्क पार्किङको ब्यबस्था गरेको हो । न्युरोड क्षेत्रमा भएको नो पार्किङ जोन को भने व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् ।
कामपाले न्युरोड क्षेत्रको सडकमा हुने पार्किङ हटाए संगै त्यसको विकल्पमा पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौ टावरको पार्किङ र धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij