Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

काठमाडौंमा भारी वर्षा

काठमाडौंमा भारी वर्षा

  • काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश स्थानहरूमा आज बिहानदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज दिनभरजसो रहने उनले बताए । 

    images
    images
    images

    काठमाडौं उपत्यकामा मात्र होइन देशभका धेरै स्थानहरूमा आज दिउँसो हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान् छ । दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

    images

    राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    images

    मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा रहेकाले आगामी तीन दिन देशभर पानी पर्ने क्रममा वृद्धि हुने पूर्वानुमान् छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij