Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

२० दिनपछि काममा फर्किइन् सपना प्रधान मल्ल

२० दिनपछि काममा फर्किइन् सपना प्रधान मल्ल

  • काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि काममा फर्किएकी छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट रहेकी मल्ल बिदामा बसेकी थिइन्। उनी सोमबार अदालत आएकी हुन्।

    AGNI GROUP

    उनले आजैदेखि मुद्दा हेर्ने छिन्। उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ।

    शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुपूर्व उनी आफैले कायममुकायम प्रधानन्यायाधीशको रूपमा बिदा स्वीकृत गराएर बसेकी थिइन्।

    सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्।

    शर्मालाई सर्वोच्च अदालतमा स्वागत गर्दा पनि मल्ल उपस्थित थिइनन्। उनी पछिका रोलक्रममा रहेका न्यायाधीश कुमार रेग्मीले प्रधानन्यायाधीश शर्मालाई स्वागत गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij