Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढेको रास्वपा महामन्त्रीको दाबी

सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढेको रास्वपा महामन्त्रीको दाबी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा जारी अवरोध अन्त्य गरी सदनको कामकारबाही अघि बढाउन पार्टी सभापति रवि लामिछानेले विपक्षी दललाई आग्रह गरेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले केही विषयहरू लामो छलफलपछि मात्र समाधान हुने भएकाले तत्कालका लागि सदनमा देखिएको गतिरोध अन्त्य गर्नुपर्नेमा सभापति लामिछानेले जोड दिएको बताए ।

    AGNI GROUP

    उनले भने, ‘भारत भ्रमण, समसामयिक राजनीतिको विषयमा कुरा अगाडि बढेर टुंगिसकेको अवस्था छ। सदनको अवरोध हटाउने विषयमा छलफल धेरै अगाडि बढिसकेको छ। केही कुराहरू मिल्न बाँकी जस्तो देखिन्छ ।’

    विवादित विषयबारे सरकारको तर्फबाट परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको भन्दै आवश्यक परे संसद्मा पनि स्पष्ट पार्न सकिने बताए ।

    सरकारका विभिन्न विषयगत मन्त्रालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले नै सरकारको प्रतिनिधित्व गरेर जवाफ दिनुपर्ने बताए । प्रधानमन्त्री स्वयं संसद्मा आएर जवाफ दिए अझ उपयुक्त हुने धारणा दलहरूले राखेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट