Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सुदूरपश्चिम : मन्त्री छान्न नसकेपछि कांग्रेस असन्तुष्ट पक्षले गुहार्‍यो केन्द्र

सुदूरपश्चिम : मन्त्री छान्न नसकेपछि कांग्रेस असन्तुष्ट पक्षले गुहार्‍यो केन्द्र

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसको असन्तुष्ट पक्षले मन्त्री छनोट गर्न नसकेपछि नाम केन्द्रमा सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संसदीय दलको नेताको पदबाट मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान चलाएका सांसदहरूलाई सरकारको भागबण्डामा समेटिएपछि तत्कालका लागि विवाद साम्य भएको थियो । दुई मन्त्रालय र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको उक्त समूहले अहिलेसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन।

    AGNI GROUP

    हिजो र आज भएको छलफलबाट पनि सहमति जुट्न नसकेपछि सबै सम्भावित नाम केन्द्रमा पठाइएको असन्तुष्ट पक्षका नेता दिवानसिंह विष्टले जानकारी दिए।

    ‘हामीबीच सहमति हुन सकेन । त्यसैले सबैको नाम केन्द्रमा पठाएका छौं । केही घण्टामै केन्द्रबाट मन्त्रीको नाम आउनेछ,’ उनले भने ।

    उनले समावेशिताको आधारलाई समेत ध्यानमा राखेर सबै सांसदहरूको नाम केन्द्रमा पठाइएको बताए।

    कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा अहिले असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री तथा मुख्यमन्त्री पक्षले एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।

    मुख्यमन्त्री पक्षबाट आर्थिक मामिला मन्त्रालयमा विक्रमसिंह धामीलाई मन्त्री बनाउने लगभग निश्चित भइसकेको छ। तर असन्तुष्ट पक्षभित्र मन्त्री छनोटमा सहमति नजुट्दा प्रक्रिया लम्बिएको हो ।

    केन्द्रबाट आएको नामलाई नै अन्तिम स्वीकृति दिई शपथ गराउने तयारी गरिएको स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij