Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राखेको राखेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको विरोध जारी रहने बताए ।
बैठकमा सदन सुचारु गर्नको लागि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने प्रस्ताव सभापति लामिछानेले राखेको बताए ।
उनले भने, ‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता पर्यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न उहाँले भनिसकेपछि हामीले त्यसो हुँदैन, प्रधानमन्त्री आएर नै जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो ।’
महरले प्रधानमन्त्रीको अभिव्यक्ति असाध्यै गम्भीर भएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा आएर यसको जवाफ दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ । यदि उहाँको त्यस्तो कुनै पनि खालको नियत होइन भने नत्र एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरू कुनै देशको भूमि मिचेको छ भन्ने कुरा संसद्को रोष्टमबाट भन्ने कुरा यो असाध्यै गम्भीर कुरा हो। राष्ट्रसँग जोडिएको विषय भएको उहाँको त्यो अभिव्यक्ति रेकर्ड संसद्बाट हटाउनुपर्छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij