Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रविले आफ्नो भारत भ्रमणबारे दलका नेताहरूलाई गराए जानकारी

रविले आफ्नो भारत भ्रमणबारे दलका नेताहरूलाई गराए जानकारी

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा रास्वपा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी गराएका छन् । साथै समसामयिक राजनीतिक अवस्था, दलहरूबीचको संवाद तथा राष्ट्रिय महत्वका विषयमा समेत छलफल भइरहेको बताइएको छ ।

    AGNI GROUP

    बैठकमा सहभागी विभिन्न दलका नेताहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थिति तथा संसद्को प्रभावकारी सञ्चालनका विषयमा आफ्ना धारणा राखेका छन् ।

    संसदमा जारी गतिरोध अन्त्य गर्न साझा पहल आवश्यक रहेको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले दलहरूबीच सहमति निर्माणका लागि छलफल अघि बढाएका छन् । बैठकमा संसद्को अवरोध हटाउने उपाय तथा राजनीतिक सहकार्यका सम्भावनाबारे पनि विचार–विमर्श भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट