
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । गत आइतबारदेखि ललितपुरबाट एक बालिका बेपत्ता भएकी छिन् । रामेछाप घर भइ हाल बंगलामुखी बस्दै आएकी शोभा बुढाथोकी नाम गरेकी बालिका भाइहरूलाई विद्यालय लैजाने क्रममा बंगलामुखीबाट निस्किए पनि घर नफर्किएको उनका आफन्त ज्ञानु खत्रीले जानकारी दिए ।
१५ वर्षीया बुढाथोकीलाई कतै भेटे नजिकको प्रहरीमा खबर अथवा ९८६१६६२११४ मा सम्पर्क गरिदिनु हुन खत्रीले आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij