
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्वजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij