
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ । चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो । उनी भक्तपुरको लोकन्थली बस्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार बिहीवार राति उपचारको क्रममा उनको निधन भएको हो । पारिवारिक स्रोतले चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको जनाएको छ ।
पूर्व प्रधानमन्त्री चन्दाको धर्मपत्नी दिव्यश्वरीबाट दुई छोरा र एक छोरी छन् । पारिवारिक स्रोतले चन्दको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij