
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । हिजो १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै हिजो १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij