
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) को कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ परेका हुन ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन ।
लागू औषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमवार राति पक्राउ गरिएको हो । पक्राउ परेकाबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij