
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १४ औं कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत टेबलटेनिसमा ३ स्वर्ण जितेको छ ।
टेबलटेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । १ स्वर्ण भने नेपाल नागरिक उड्डयन प्राधिकरणले जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्समा वाणिज्यका सुजन सुवाल पहिलो भए ।
नेपाल विद्युत प्राधिकरणका स्वेत बस्नेत दोश्रो र नेपाल वायुसेवा निगमका अंकुर अर्याल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी ज्ञानधना श्रेष्ठले स्वर्ण, नागरिक उड्डयनकी सुष्मा थापा मगरले रजत र वायुसेवा निगमकी रञ्जना पोखरेलले कांस्य जिते ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा वाणिज्यका साजन सुवाल-रमेश सुवालको जोडी प्रथम, वाणिज्यका विवेक श्रेष्ठ-श्रवणकुमार खत्रीको जोडी द्वितीय र नागरिक उड्डयनका रुपचन्द्र केसी-सन्तोष अवालेको जोडी तृतीय भए ।
एक्सिक्युटिभ पुरुष सिंगल्समा वाणिज्य बैंकका रमेश सुवाल पहिलो, नागरिक उड्डयनका मनोहरराज भण्डारी दोश्रो र विद्युत प्राधिकरणका सुशान्त बाँस्तोला तेश्रो भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij