
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न दबाब दिँदै आजदेखि कालोपट्टी बाँधेर आन्दोलन थालेका छन् ।
विभिन्न राजनीति दलनिकटका कर्मचारी ट्रेड युनियनहरूको सञ्जाल संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिको आव्हानमा कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरू गरेका हुन् ।
सञ्जालमा निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध छन् ।
कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले विभिन्न माग अघि सारेका छन् । प्रस्तावित विधेयकका अमिल्दा र वृत्ति विकासमा असर पर्ने प्रावधान हटाएरमात्र पारित गर्न सरकार र प्रमुख दलहरूलाई कर्मचारी ट्रेड युनियनहरूले दबाब दिँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij