
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । नेपाली सेनामा सिख समुदायबाट पहिलो पटक प्रतिनिधित्व भएको छ । सैनिक जवान करण सिंह सिख शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन् ।
उनी सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । सिंह कपिलवस्तुको गोरु सिङ्गे स्थित शमशेर दल गणमा आबद्ध भएका छन् ।
सिख धर्म मान्ने करणले आफ्नो धर्म अनुसार सुविधा पाउँछन् । अन्य सैनिकले जस्तो दाह्री काट्नुपर्ने र आफ्नो धर्म अनुसारको फेटा हटाउनुपर्ने नियम उनलाई लागू हुनेछैन ।
एक जना सैनिक अधिकृत भन्छन्, ‘उसको धर्म अनुसारको सुविधा उसलाई दिइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij