Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिगप्रणालीमा ९ चरणमाभएको प्रतियोगितामालामाले ८ अङ्कपाए । यसै गरी ८ अङ्कभएका रुकुम कामिलन रोक्का दोस्रो भए ।
निखिलचौधरी तेस्रो भए । ७.५ अङ्कभएका सप्तरीकानिखिल चौधरी तेस्रो, काठमाडौँकामणिराजडाँगी चौथो तथाललितपुरका सानुभाइ महर्जन पाँचौँ. भए । ७ अङ्क भएका भक्तपुरका राजेशक क्षपति, काठमाडौँका दीपक महर्जन, झापा कामिसन दाहाल, मकवानपुरका फूर्वा लामा र धादिङका सुवास कुमार गुरुङ दशौँ भए ।
उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फ मोरङ कीशान्तिधिमाल च्याम्पियन भइन् । नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो भए ।
चितवनका सन्तोष गौतम बागमती प्रदेशका च्याम्पियन भए । लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए । गण्डकीमा सुशील सुबेदी पहिलो भए । मधेसमा सचिनकुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूर पश्चिममा लेखराज भट्टराई पहिलो भए ।
भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ पहिलो भए । ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो भए । उमेर समूहमा य्–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिपथापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी । यु–१० मा आयम सुबेदीपहिलो भए । यु–८ मा अङ्कुर पोखरेल पहिलो भए ।
१८०० रेटिङ मुनी रामकार्की पहिलो भए । १७०० मुनी कृश अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलो हुन सफलभए ।
नेकपामा ओवादी केन्द्रका उपमहासचिव वर्षमानपुन ‘अनन्त’ ले देशको परिवर्तनका लागि योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तन मावि भिन्न क्षेत्रमाकाम गरिरहेका मानिसहरूको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक पाटोको हिसाबले पनि सहज नरहेको उनले उल्लेख गरे ।
आफूले यो प्रतियोगिता आयोजना गर्नका लागिप्रायोजन छुटाउन पाउँदा गर्व महसुस भएको उनले बताए । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालित २ दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो ।
पुरस्कार वितरण समारोहमा नेकपामा ओवादीका खेलकुदइन्चार्ज दीपक कोइराला, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्षशिव कोइराला,दिवंगत भक्त रानाकी धर्म पत्नी वर्षा राना मगर, नेपाल बुद्धिचाल सङ्घकी उप महासचिव मोना लिसाखुम्बु र कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्र राई लगायतको उपस्थिति थियो ।
कार्यक्रम अखिल नेपालबुद्धिचाल सङ्घका अध्यक्षतथा नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईको सभापतित्वमा भएको थियो । प्रतियोगिताको मुख्यमुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु नेतृत्वको टोलीले प्रतियोगिता सञ्चालन गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij