
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।
राईले ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ , तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को । ख्याल नठान्नु होला । यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु' भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राईको उक्त अभिव्यक्तिलाई पूर्णरुपमा समर्थन गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij