Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

बालाजुको बाइस धारा मेला

बालाजुको बाइस धारा मेला

  • काठमाडौँ । काठमाडौँको बालाजुमा आज बाइस धारामा मेला लागेको छ । यहाँ हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मेला लाग्ने गरेको छ । नेवार समुदायले यस दिनलाई ल्हुतिपुन्हिको रुपमा मनाउने गरेको उल्लेख छ ।

    images
    images
    images

    बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ । बाइस धारामा स्नानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरूसमेत पुगेका छन् । यसदिन महिलाले बाइस धारामा नुहाइधुवाइ गरेमा फलिफाप हुने जनविश्वास छ ।

    images

    बाइसधारामा स्नान गरे लुतो,खटिराजस्ता रोग निको हुने जनविश्वास रहेको छ । बाइसधारामा स्नान गरी मृत आफन्तको नाममा आज बत्ती बाल्ने परम्परा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij