Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

महानगर यातायात

नक्कली महानगर यातायातको बिगविगी पछि सक्कली महानगरको आपत्ती

नक्कली महानगर यातायातको बिगविगी पछि सक्कली महानगरको आपत्ती

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो ।

  • काठमाडौं । महानगर यातायात प्रा.ली. को नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रा.लीले आपत्ति जनाएको छ ।

    images
    images
    images

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा हाल प्रा.लिकै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरि महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ ।

    images

    यात्रु झुक्याउने गरि एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको प्रा.लि.को भनाई छ । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कार्वाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक त केही वसहरुको नियमित सेवा समेत रोकिने गरेको उनिहरुको भनाई छ ।

    यस बापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाई छ । अनुसन्धान पछि यथार्थ पत्ता लाग्दापनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij