
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । नागार्जुन नगरपालिका-१ रानिवनस्थित पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा घर भएका ४८ वर्षीय देव खनाललगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ४८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij