Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

न्यूरोडमा सुनचाँदी व्यवसायीले गरे प्रदर्शन

न्यूरोडमा सुनचाँदी व्यवसायीले गरे प्रदर्शन

  • काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिसत भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् ।

    images
    images
    images

    ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।

    images

    सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् ।

    सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।

    आन्दोलनकै सिलसिलामा मंगलबार पनि उनीहरुले काठमाडौंको न्यूरोड र बसन्तपुर क्षेत्रमा कालो व्यानरसहित प्रदर्शन गरे । मंगलबार भक्तपुरका सुनचाँदी व्यवसायीहरु न्यूरोड पुगेर प्रर्दशन गरेका हन् ।

    images

    ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यले परम्परादेखि गर्दै आएको सुनचाँदी व्यवसायलाई भ्याट र कर अन्यायपूर्ण भएकाले खारेजीको मागसहित सडकमा आउनुपरेको प्रतिक्रिया दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij