
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनको बैठकमा तिन मन्त्रालयमा दाबी गर्ने निर्णय गरको छ । मंगलबार बसेको सचिवालय बैठकले आफूहरूले दाबी गर्दै आएका तीन मन्त्रालयबाट पछि नहट्ने निर्णय गरेको हो ।
आज मन्त्रालय भागबण्डाको टुंगो लगाउन हुन गइरहेको सत्ता गठबन्धनको बैठकमा नेकपा एसले तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आज बिहान शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा माधव नेपालले प्रधानमन्त्री प्रचण्डललाई तीन मन्त्रालयको माग गरे । तर, प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डको आग्रहलाई बेवास्ता गर्दै माधव नेपालले तीन मन्त्रालयमा दाबी गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij