Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चालु आर्थिक वर्ष

४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने

४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै

  • काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१र८२ मा ४.६१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राष्ट्रिय लेखा तथ्याङ्कको अनुमान सार्वजनिक गर्दै यस्तो प्रारम्भिक अनुमान गरेको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८०र८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । यस्तै सो अवधिमा आधारभूत मूल्यको आर्थिक वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान गरिएको छ । साथै देशको समग्र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको जनाएको छ । 

    चालु वर्ष १५१७ डलर पुग्ने कार्यालयले प्रक्षेपण गरेको छ । अघिल्लो  आर्थिक वर्ष प्रति व्यक्ति आय १४६७ अमेरिकी डलर रहेको थियो । यसअनुसार चालु वर्षप्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने प्रक्षेपण गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij