Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

टी–२० क्रिकेट

२०औँ एसियाली खेलकुदमा क्रिकेट समावेश

२०औँ एसियाली खेलकुदमा क्रिकेट समावेश

आगामी वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुदमा क्रिकेट पुनः समावेश हुने

  • काठमाडौं । आगामी वर्ष जापानमा हुने २०औँ एसियाली खेलकुदमा क्रिकेट पुनः समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र आइची–नागोया एसियन गेम्स समितिको ४१औँ बैठकले टी–२० क्रिकेटलाई मिक्स्ड मार्सियल आट्र्ससँगै प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    आउँदो १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म आयोजना हुने खेलकुद प्रतियोगितामा क्रिकेट आइचि प्रिफेक्चरमा हुनेछ, यद्यपि ठ्याक्कै स्थान अझै तय गरिएको छैन । पछिल्लोपटक सन् २०२३ मा हाङ्झाउ एसियाली खेलकुदमा १४ पुरुष र ९ महिला टोली सहभागी थिए । नेपालले पुरुषतर्फ प्रतिस्पर्धा गरेको थियो, जहाँ नेपालले भारत, माल्दिभ्स र मंगोलियासँग खेलेको थियो । 

    नेपालले २०औँ संस्करणको एसियाली खेलकुदमा पनि भारतसँग खेल्ने मौका पाउने सम्भावना छ । आउँदो संस्करणको एसियाली खेलकुद जापानको नागोयामा हुँदैछ, यसअघि एसियाली खेलकुद टोकियो र हिरोसिमामा आयोजना भइसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij