Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फेरि बढ्यो सुनको भाउ, के कतिमा कारोबार ?

फेरि बढ्यो सुनको भाउ, के कतिमा कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आज पनि फेरि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले बढेको जानकारी दिएको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६ हजार सात सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला एक लाख ५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँ कायम भएको थियो  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij