Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मूल्य वृद्धिसँगै बढे पुराना गहना बेच्ने

मूल्य वृद्धिसँगै बढे पुराना गहना बेच्ने

  • काठमाडौं । सुनको मूल्य उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभावित भएको छ । मूल्य वृद्धि भएसँगै नयाँ गहनाको बिक्री ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

    images
    images
    images

    महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार मंगलबारको मूल्यले सुनको कारोबार ठप्प जस्तै भएको छ । अति आवश्यक परेका बाहेकले सुन खरिद नगरेको उनले बताए । महासचिव बज्राचार्यले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा सुनको मूल्य बढेको जनाएका छन् ।

    सरकारले अहिले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ । नेपालमा रहेका करिब ८ हजार सुन पसलले दैनिक २० किलो हाराहारी सुन खपत गर्ने महासंघको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij