
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार रुपैयाँ र तेजावी सुनको मूल्य पनि एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij