Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

विमान दुर्घटना: भाेलि राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटना: भाेलि राष्ट्रिय झण्डा आधा झुकाइने

  • काठमाडौं । सरकारले पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    images
    images
    images

    गृह मन्त्रालयले आइतबारको मन्त्रिपरिषद्‍को निर्णयअनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाएको छ । त्यसैगरी भोलि अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणासमेत गरेको छ ।

    images

    दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए ।

    काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij