
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौँ । बिहीबार भक्तपुर नगरपालिकामा अनुगमनका क्रममा म्याद नागेका सामग्री जफत गरेर नष्ट गरिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफूललगायत छ वटा पसलमा अनुगमन गरिएको थियो।
वडा निरीक्षक रामकृष्ण प्रजापतिले मूल्य सूची नराखेका र नवीकरण नगरेका पसललाई तत्काल गर्न निर्देशन समेत दिएको बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij