
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने २० वर्षीय सुनिल महतो रहेका छन् ।
प्रहरीले बुधबार दिउँसो पाँच किलो गाँजासहित महतोलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ना४४प ४२८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक महतो समातिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij