Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  • काठमाडौँ । झापामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले मेचीनगर नगरपालिका-१ निवासी ३३ वर्षीय सुसाहाङ नेम्वाङको दुर्घटनामा परी मृत्यु भएको जनाएका छन् ।

    images
    images
    images

    मंगलबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर-७ स्थित निन्दा पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको प्रहरीले जानकारी दिएका छन् ।

    images

    पछाडिबाट आएको ७०९२ नम्बरको मोटरसाइकलले पुलमा ठोक्किएको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलका चालक नेम्वाङ गम्भीर घाइते भएका थिए । घाइते नेम्वाङलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषित गरेको  थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij