
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडा दर घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रूपैयाँ घटाएपछि वायु सेवा सञ्चालक संघले हवाइ भाडा दर घटाएकाे हो ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको नयाँ भाडा १६ हजार १४० रुपैयाँ कायम हुनेछ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ ।
विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ । काठमाडौंबाट भैरहवाका लागि ४१०, नेपालगन्जमा ६५५, तुम्लिङटारका लागि ३७०, सिमराका लागि १८० , सुर्खेतका लागि ६९० र राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।
नयाँ भाडादर पर्सि बुधबारबाट लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ ।
नयाँ भाडादर:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij