Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

‘ह्रस्व दीर्घ’मा गरिमाको 'इन्ट्री'

‘ह्रस्व दीर्घ’मा गरिमाको 'इन्ट्री'

  • काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा कलाकारको रूपमा गरिमा शर्मा भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि शर्मालाई अनुबन्धित गरेको हो ।

    images
    images
    images

    फिल्मका लागि केही दिनअघि अभिनेत्री बिपना थापा र रबीन्द्र झा पनि भित्रिएका थिएन । शर्माले प्रदर्शनको तयारमा रहेको फिल्म ‘लन्डन टु पेरिस’ बाट अभिनेत्रीको रूपमा फिल्ममा डेब्यु गरेकी हुन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

    फेब्रुअरी १ देखि छायाङ्कन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको  छायाङ्कन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायाङ्कन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij