
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij