
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमडाैं । रणवीर सिंहको आगामी फिल्म सर्कस २३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको पहिलो गीत ‘करेन्ट लागा’ रिलिज भएको छ जसमा रणवीर सिंह र दीपिका पादुकोण आफ्नो डान्स मुभ देखाउँदै छन् । यसैबीच, करेन्ट लागा गीत अल्लु अर्जुनको ब्लकबस्टर गीतबाट नक्कल गरिएको आरोप लागेको छ ।
‘करेन्ट लगा’ गीत रिलिज हुने बित्तिकै सामाजिक सञ्जालमा यो गीतको खिल्ली उडाइएको छ, किनभने गीतको पृष्ठभूमि संगीत अल्लु अर्जुनको ब्लकबस्टरसँग मिल्दोजुल्दो छ ।
मौलिक संगीत अल्लुको फिल्म सराइनोडुको ब्लकबस्टर गीत हो। चोरी पक्राउ परेदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्माता र स्टारकास्टलाई नराम्रोसँग ट्रोल गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij