Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

ललितपुर उद्योग वाणिज्य संघद्वारा छात्रवृत्ति प्रदान

ललितपुर उद्योग वाणिज्य संघद्वारा छात्रवृत्ति प्रदान

  • ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई  छात्रवृत्ति प्रदान गरीएको छ । ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान.अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य श्री कृष्ण लाल महर्जन प्रदान गरेको हो ।

    images
    images
    images

    महर्जनले छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई शुभ-कामना दिदैं आगामी दिनमा अझैं आफ्नो प्रतिभाको प्रस्फुटन गरि सुयोग्य नागरिक बन्नुपर्ने बताउनुभयो ।

    images

    यसै क्रममा व्यावसायिक उत्तरदायित्व तथा छात्रवृत्ति समितिका संयोजक एवं का.स.सदस्य श्री शर्मिला श्रेष्ठ (जोशी)ले पुरस्कृत विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको श्रोतमा ग्रहण गरि भविष्यमा आफ्नो शैक्षिक स्तर अझ उकास्नु पर्ने बताउनुभयो ।

    images

    यस छात्रवृत्ति श्री बाघभैरव मा.वि., महांकाल - ४, कालेश्वर, श्री महालक्ष्मी मा.वि., लुभू,
    श्री शान्ति मा.वि., लोंल, श्री सिद्धिमंगल मा.वि., सिद्धिपुर, श्री चण्डी देवी आधारभूत विद्यालय, गोदावरी, श्री चुनिदेवी शिक्षा मन्दिर आधारभूत विद्यालय., चुनिखेल, मदन स्मारक मा.वि., पुल्चोक, श्री
    महेन्द्र आदर्श मा.वि., इमाडोल, श्री छम्पीदेवी मा.वि., छम्पी, यशोधरा बौद्ध मा.वि., थैना, श्री हरिसिद्धि
    मा.वि., हरिसिद्धि, श्री जलपा मा.वि., धापाखेलका छात्रछात्राहरु गरी जम्मा १८ जना विद्यार्थीहरुलाई र
    आदर्श कन्या क्याम्पस, मंगलबजार वि.वि.एस. प्रथम वर्षमा अध्ययनरत २ विद्याथीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij