
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ रहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार १०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १३ सय ४५ रूपैयाँ रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij