
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए
घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij