Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

दश करोड कमायो 'महापुरुष' ले

दश करोड कमायो 'महापुरुष' ले

  • काठमाण्डौ । पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेकाे छ । हिजाे पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको निर्माण पक्षले जानकारी दिएका छन् ।

    images
    images
    images

    चलचित्रले पहिलो हप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिएका छन् । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।

    यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij