
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर चाँदी भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij