
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेका थिए।
उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो। अख्तियारको टोलीले उनीबाट स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता भण्डारीले बताए।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij