Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

सब–इञ्जिनियर विरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

सब–इञ्जिनियर विरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा

  • काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इञ्जिनियर दीपेन्द्र कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    images
    images
    images

    शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर करारमा सव–इञ्जिनियरको जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    images

    दीपेन्द्रले करारमा नियुक्ति लिँदा पेस गरेको सिभिल इञ्जिनियरको त्रिविको पश्चिम क्षेत्र क्याम्पस लामाचौर, पोखराको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र नक्कली भएको अख्तियारको ठहर छ ।

    सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएर ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायको मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij