Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

भारतीय कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भारतीय कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले शनिबार राति ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–७ का ४२ बर्षीय उत्तमकुमार मगर रहेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षकले जनाएका छन् । गम्भीर घाइते भएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा मृत्यु भएको जनाइएको छ । प्रहरीले कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासलाई नियन्त्रणमा लिएको छ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij