
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा ट्रकको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थिमी नगरपालिका वडा नम्बर–२ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय अनुज उपाध्याय रहेका छन् । सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मे.१ख ३२३७ नम्बरको ट्रकले उपाध्यायलाई ठक्कर दिएको हो ।
अनाथ आश्रममा हुर्केका उपाध्यायले ट्रकमा ठोक्किएर आत्महत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गम्भीर घाइते भएका उपाध्यायको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो । झापाको शिवशताक्षी नगरपालिका–१० घर भएका ४० बर्षीय ट्रक चालक विजय थपलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij