
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।
उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा नेपाल प्रहरीले बरामद गरेको छ । त्यसका साथै विकले प्रयोग गर्ने बा५८प ८३३७ नं. को मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नं. को मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij