
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर हराइरहेका सबै १० जनाको सकुशल उद्धार भएको छ ।
उद्धार गरिएकामध्ये ६ जना उपचारका लागि काठमाडौं पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको गोरखा प्रहरी प्रमुख केदार खनालले बताए । पहिरोमा ज्यान गुमाएका एक जनाको शव ल्याउने काम भइरहेको उनले जानकारी दिए ।
क्याम्प–३ बाट क्याम्प–४ जानेक्रममा हिम पहिरो गएको थियो । ३ सय ५० जना भन्दा बढीले मनास्लु हिमाल आरोहणका लागि स्वीकृती लिएर त्यहाँ पुगेका थिए । खराब मौसमका कारण उद्धारमा कठिनाई भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij